बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
7.3k
Shares
नेपालगञ्ज ५ जेठ : बाँकेको नेपाल–भारत जमुनाहा नाका आजदेखि दुई दिनका लागि बन्द हुने भएको छ ।
भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि सीमानाका आज राति साढे १० बजेबाट सोमबार बेलुका ५ बजेसम्म दुई दिन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ । भारतमा सोमबार निर्वाचन हुँदैछ ।
खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौतीलाई मध्यनजर गरी भारतीय सुरक्षा निकायबाट पत्राचार भएअनुसार सीमानाका बन्द गर्न लागिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिनुभयो । नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगतमा पनि सीमा नाका बन्द हुँदै आएका थिए ।
यसअघि गत साता पनि भारतको बहराइच जिल्लाको बहराइचमा निर्वाचन भएकाले ७२ घण्टाका लागि जमुनाहा नाका बन्द गरिएको थियो ।
---
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ
१.
ट्रम्पको शान्ति प्रस्तावप्रति युरोप सशंकित, पुटिनलाई युद्ध चर्काउने अवसर!
२.
किन अचानक अन्तर्राष्ट्रिय फुटबलबाट टाढिए रोनाल्डो ? प्रशिक्षकसँगको विवाददेखि ४१ वर्षको उमेरसम्मका ५ कारण
३.
जापोरिजियाको विद्यालयमा रुसी बम आक्रमण : ३३ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता
४.
हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको कस्तो छ अवस्था ?
५.
मध्यावधि निर्वाचनमा रिपब्लिकनको हारपछि ट्रम्पमाथि महाभियोगको दबाब, के पद गुम्ला?
६.




