राजविराज (सिप्तरी), २० चैतः हनुमाननगर कङ्कालिनी नगरपालिका–५ योगिनियाँमा ३५ कोठाको चार तले पशु अस्पताल भवनको निर्माण सुरु गरिएको छ । करिब रु नौ करोड ९३ लाख लागतमा निर्माण हुने भवनको कञ्चन कन्सट्रक्सन सातदोबाटो, ललितपुरले ठेक्का लिएको छ ।
उक्त कन्सट्रक्सनले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने जिम्मेवारी प्राप्त गरेको हनमानगर कङ्कालिनी नगरपालिकाले जनाएको छ । चार तले ३५ कोठे भवनमा पशुसम्बन्धी हरेक रोगको उपचार गर्ने लक्ष्य राखिएको नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले जानकारी दिनुभयो ।
उहाँका अनुसार समपूरक योजना अन्तर्गत ५० प्रतिशत सङ्घीय सरकार र ५० प्रतिशत बजेट नगरपालिकाले बेहोर्नेछ । अस्पताल भवनको राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा जयकान्त राउतले शिलान्यास गर्नुभएको थियो ।
कोशी नदीको समिपता, पर्याप्त चरणको उपलब्धता, पक्षीजन्य जीवनको आधार, मधेस प्रदेशको प्रवेश एवं निकास तथा भारत–नेपालको सीमा भन्सारका कारण यस नगरमा पशुपक्षीको व्यावसायिक पालन र स्वरोजगारको माध्यमबाट आर्थिक, सामाजिक एवं सुखद जनजीवनको पर्याप्त सम्भाव
योगिनियाँमा पशु अस्पताल बन्ने
9.6k
Shares
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ
१.
ट्रम्पको शान्ति प्रस्तावप्रति युरोप सशंकित, पुटिनलाई युद्ध चर्काउने अवसर!
२.
किन अचानक अन्तर्राष्ट्रिय फुटबलबाट टाढिए रोनाल्डो ? प्रशिक्षकसँगको विवाददेखि ४१ वर्षको उमेरसम्मका ५ कारण
३.
जापोरिजियाको विद्यालयमा रुसी बम आक्रमण : ३३ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता
४.
हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको कस्तो छ अवस्था ?
५.
मध्यावधि निर्वाचनमा रिपब्लिकनको हारपछि ट्रम्पमाथि महाभियोगको दबाब, के पद गुम्ला?
६.





