ट्रेन्डिङ

Logout

देवानगञ्जमा मोटरसाइकलसहित अवैध सामान बरामद, संलग्न व्यक्ति फरार

845 Shares

सुनसरी।  सशस्त्र प्रहरी बल, नेपालले सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ स्थित मध्यहर्षाही क्षेत्रमा मोटरसाइकलसहित ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ।

आज बिहान करिब ०४:१० बजे सीमा सुरक्षा गुल्म हे.क्वा. कप्तानगञ्जबाट स.प्र.ना.नि. रमेश कुमार बोहोराको कमाण्डमा खटिएको १० जनाको मोबाइल गस्ती टोलीले भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरिएको सामान नियन्त्रणमा लिएको हो।

गस्ती टोलीलाई देख्नेबित्तिकै को १३ प ७१३४ र BR 39Y 0322 नम्बरका दुई वटा मोटरसाइकल छाडी संलग्न व्यक्तिहरू फरार भएका थिए। प्रहरीले उनीहरूको खोजी कार्य जारी राखेको जनाएको छ।

FB_IMG_1777010802163.jpg

बरामद गरिएका सामानहरूमा अन्दाजी मूल्य रु. ७,३०,००० बराबरका डबल बेडका तन्ना सेट १२० थान, वाईफाई राउटर तथा चार्जर १०० थान, नक्कली गहना ३०० पिस र ४ बोरा सुर्ती रहेका छन्। साथै, बरामद गरिएका दुई वटा मोटरसाइकलको अन्दाजी मूल्य रु. २,००,००० रहेको छ। यसरी जम्मा अन्दाजी मूल्य रु. ९,३०,००० बराबरका सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद गरिएका सबै सामान तथा मोटरसाइकल हाल सीमा सुरक्षा गुल्म कप्तानगञ्ज, सुनसरीमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार