ट्रेन्डिङ

Logout

हर्मुज जलमार्गमा चर्कियो तनाव: ट्रम्पको ४८ घण्टे चेतावनी, इरानको कडा जवाफ

2.2k Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै ४८ घण्टाभित्र हर्मुज जलमार्ग पूर्ण रूपमा अवरोधरहित नखोले सैन्य कारबाही गर्ने धम्की दिएका छन्।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा आइतवार पोस्ट गर्दै ट्रम्पले तोकिएको समयभित्र जलमार्ग नखोले अमेरिकाले इरानका प्रमुख विद्युत केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका हुन्। उनले सबैभन्दा ठूलो विद्युत केन्द्रबाट कारबाही सुरु हुने उल्लेख गरेका छन्।

अमेरिकी सेन्ट्रल कमाण्डले पनि इरानको सैन्य क्षमतालाई कमजोर बनाउने लक्ष्यसहित आफूहरू तयारी अवस्थामा रहेको जनाएको छ। यसले क्षेत्रीय तनावलाई थप चर्काएको छ।

यसैबीच, इरानले अमेरिका र इजरायललाई कडा जवाफ दिएको छ। इरानी रिभोलुसनरी गार्ड्सका एयरोस्पेस फोर्स प्रमुख मेजर जनरल सैयद माजिद मुसावीले इजरायली आकाशमाथि क्षेप्यास्त्र प्रभुत्व कायम भएको दाबी गरेका छन्। उनले आगामी आक्रमणहरूले अमेरिकी र इजरायली कमाण्डरहरूलाई स्तब्ध बनाउने चेतावनी दिएका छन्।

इरानी संसदका सभामुख एम।बी। कालीबाफले इजरायलको उच्च सुरक्षा क्षेत्र डिमोना जस्तो स्थानमा समेत क्षेप्यास्त्र रोक्न नसकिएको भन्दै इजरायली रक्षा प्रणाली कमजोर भएको आरोप लगाएका छन्। उनका अनुसार युद्ध अब नयाँ चरणमा प्रवेश गरिसकेको छ।

अर्कोतर्फ, इजरायली वायुसेनाले दक्षिणी शहर अरादमा ब्यालिस्टिक क्षेप्यास्त्र खसेको पुष्टि गर्दै आफ्नो रक्षा प्रणाली असफल हुनुको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त क्षेप्यास्त्र रोक्ने प्रयासहरू असफल भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार