Logout

प्रतिनिधिसभा निर्वाचन लक्षित मधेश प्रदेशमा ४८१ थान हतियार बुझाइयो, अझै २ हजारभन्दा बढी बाँकी

767 Shares

मधेश प्रदेश — प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गरिएको सुरक्षा व्यवस्थाअन्तर्गत मधेश प्रदेशमा हालसम्म ४८१ थान इजाजत प्राप्त हतियार (बन्दुक) सम्बन्धित निकायमा बुझाइएको छ।

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको सूचनापछि उक्त सङ्ख्यामा हतियार संकलन गरिएको हो।

कार्यालयका अनुसार प्रदेशका आठ जिल्लामा विभिन्न व्यक्तिसँग कुल २ हजार ५३१ थान इजाजत प्राप्त हातहतियार रहेको तथ्यांक छ। तीमध्ये हालसम्म ४८१ थान मात्र बुझाइएको छ भने अझै २ हजार ५० थान हतियार बुझाउन बाँकी रहेको जनाएको छ।

स्थानीय प्रशासनले हतियार अनिवार्य रूपमा बुझाउन निर्देशन दिँदै नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन सम्बन्धित व्यक्तिलाई सूचना जारी गरेको थियो। निर्वाचन अवधिमा सुरक्षा व्यवस्था कडा पार्दै अवैध गतिविधि नियन्त्रण गर्न यस्तो अभियान सञ्चालन गरिएको प्रहरीको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार