Logout

बिरामीलाई मुक्का हानेको भिडियो भाइरल, भारतीय चिकित्सक निलम्बित

949 Shares

भारतको हिमाचल प्रदेशस्थित शिमलाको एक सरकारी अस्पतालका सिनियर रेजिडेन्ट चिकित्सक बिरामीलाई मुक्का हान्दै गरेको भिडियो सार्वजनिक भएपछि निलम्बन गरिएका छन्। घटनापछि प्रहरी र अस्पताल दुवैले छानबिन प्रक्रिया सुरु गरेका छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार, भिडियो सामाजिक सञ्जालमा फैलिएसँगै इन्दिरा गान्धी मेडिकल कलेज तथा अस्पताल (आईजीएमसी)**का चिकित्सकविरुद्ध मुद्दा दर्ता गरिएको हो। भिडियोमा मास्क लगाएका डाक्टरले वार्डभित्र बेडमा सुतिरहेका बिरामीलाई पटक–पटक कुटपिट गरिरहेको देखिन्छ, जबकि अर्का कर्मचारीले बिरामीलाई प्रतिरोध गर्न नदिई उनको खुट्टा समातेको दृश्य पनि कैद भएको छ।

३१ वर्षीय डा. राघव नरुलाविरुद्ध फौजदारी उजुरी दर्ता गरिएको प्रहरीको भनाइ छ। त्यस्तै, अस्पताल प्रशासनले घटनाको सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय अनुशन्धान समिति गठन गरेको छ।

घटना सम्बोधनको शैलीलाई लिएर उत्पन्न विवादबाट सुरु भएको बताइन्छ। ३६ वर्षीय बिरामी अर्जुन पनवारका अनुसार, चिकित्सकले आफूलाई ‘तँ’ भनेर सम्बोधन गरेकोमा आपत्ति जनाएपछि स्थिति बिग्रिएको हो। पनवारले एनडीटीभीसँग भनेका छन्,
“मेरो भर्खर ब्रोन्कोस्कोपी गरिएको थियो। सास फेर्न समस्या भएपछि अक्सिजन माग्दा डाक्टरले उल्टै प्रश्न गर्दै रुखो व्यवहार गरे।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार