Logout

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न, उत्तर प्रदेश–गण्डकी पर्यटन सहकार्यमा जोड

871 Shares

काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा मिति २०८२ पौष ३ गते पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिटको आयोजना गर्‍यो । गण्डकी प्रदेशलाई विशेष रुपमा उल्लेख गर्दै यो कार्यक्रम उत्तर प्रदेश र नेपालबीचको पर्यटन प्रवर्द्धनमा केन्द्रित थियो । यसका साथै यस कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी वर्ष पनि मनाइयो ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री श्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । आफ्नो सम्बोधनका क्रममा वहाँले गण्डकी प्रदेशमा विशेष गरी पोखरा र मुक्तिनाथ क्षेत्रमा भारतसँग बढ्दै गइरहेको पर्यटन सहकार्यको स्वागत गर्नुभयो ।

आफ्नो मन्तव्यमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेले कनेक्टिभिटीमा भएको सुधारले अन्तरदेशीय पर्यटनलाई थप गति प्रदान गरिरहेको कुरा उल्लेख गर्नुभयो । वहाँले नेपालका विभिन्न स्थानहरु तथा भारतका छिमेकी राज्यहरु समेटिएका धार्मिक तथा सांस्कृतिक पर्यटन परिपथ (सर्किट) हरुको प्रवर्द्धनमार्फत सहितका नेपाल र भारतबीचको पर्यटन सम्भावनालाई पूर्ण रुपमा उपयोग गर्न दुवै पक्षका संयुक्त प्रयासको महत्वमाथि जोड दिनुभयो । 

उत्तर प्रदेश पर्यटनका सहनिर्देशक श्री दिनेश कुमारले आगामी माघ मेलालाई विशेष रुपमा उल्लेख गर्दै उत्तर प्रदेशका पर्यटन परिपथहरुबारे प्रस्तुति दिनुभयो । साथै वहाँले पर्यटन नीतिको कार्यान्वयनका सम्बन्धमा उत्तर प्रदेशमा अपनाइएका उत्कृष्ट अभ्यासहरु पनि साझा गर्नुभयो । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री दीपकराज जोशीले आफ्नो प्रस्तुतिमार्फत नेपालको पर्यटन क्षेत्रको बारेमा विस्तृत जानकारी दिनुभयो । वहाँले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूमध्ये भारत सबैभन्दा ठूलो स्रोत भएको उल्लेख गर्दै भारत- नेपाल पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले गरेका विभिन्न पहलहरूको बारेमा प्रकाश पार्नुभयो।

यस कार्यक्रमको बीटुबी सत्रमा भारतबाट करिब १० जना र नेपालबाट ६० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उक्त छलफलमा विशेष गरी स्थल मार्गबाट हुने अन्तरदेशीय पर्यटन प्रवर्द्धनलाई जोड दिइएको थियो । दुवै पक्षका टुर अपरेटरहरूले बौद्ध परिपथहरु, वन्यजन्तु र साहसिक पर्यटन लगायतका क्षेत्रमा हुनसक्ने सम्भावित सहकार्यबारे छलफल गरे ।

यसै कार्यक्रमको एक भागको रूपमा पोखरा पर्यटन परिषद् र नेपाल पर्यटन बोर्डले उत्तर प्रदेश राज्यका प्रतिनिधिमण्डलका लागि मिति २०८२ मंसिर २९ देखि पौष २ गते सम्म एक परिचयात्मक भ्रमणको आयोजना गरेका थिए । 
**

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार