Logout

बढैयातालकी युवतीको मृत्यु प्रकरणमा गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

104 Shares

बर्दियाको बढैयाताल–४

की एक युवतीले नागरिकता नपाएका कारण आत्महत्या गरेको दाबीसम्बन्धी घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ।

गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख सुरेश पन्थीको संयोजकत्वमा समिति गठन गरिएको हो। युवतीको मृत्युबारे सर्वत्र चासो र चिन्ता बढेपछि गृहमन्त्री ओमप्रकाश अर्यालले तत्काल छानबिन गर्न निर्देशन दिएका थिए।

आइतबार बसेको सचिवस्तरीय बैठकले सहसचिव पन्थीको संयोजकत्व, मन्त्रालयका उपसचिव कुलशेखर अर्याल र एक सदस्य सहितको तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई पाँच दिनभित्र निष्पक्ष तरिकाले तथ्य जाँचबुझ गरी प्रतिवेदन पेश गर्न आदेश दिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार