ट्रेन्डिङ

Logout

हेटौँडाको कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

4.3k Shares

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

पशुपतिनगरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना३८प ५८५० नम्बरको मोटरसाइकलले गए राति ठक्कर दिँदा पर्सा, वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हाल हेटौँडा उपमहानगरपालिका–१० मा बसोबास गर्दै आएकी ५५ वर्षीया खुइली डोम गम्भीर घाइते भएकी थिइन्। घाइते डोमको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो।

घटनामा संलग्न मोटरसाइकल तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार