Logout

धनुषामा वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या

3.3k Shares

धनुषा । धनुषाको मिथिलाबिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको शुक्रबार साँझ गोली प्रहारबाट मृत्यु भएको छ। उनलाई अन्दुपट्टी क्षेत्रमा अज्ञात व्यक्तिले लक्षित गरी गोली हानेको प्रारम्भिक जानकारी प्राप्त भएको हो।

 

स्थानीयका अनुसार घटना साँझ करिब ६ बजे भएको हो। गोली प्रहार गर्ने व्यक्ति सोही स्थानको भएको अनुमान गरिए पनि परिचय खुलाइएको छैन। गम्भीर घाइते भएका वडाध्यक्ष यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको थियो तर चिकित्सकले उनीलाई बचाउन सकेनन्।

 

घटनामा वडाध्यक्षसँगै रहेका उनका एक दियाद पनि गोली लागेर घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।

 

विन्देश्वर यादव स्थानीय तहको पछिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारबाट विजयी भएका थिए।

प्रहरीले घटना पूर्वनियोजित हुनसक्ने अनुमान गर्दै विस्तृत अनुसन्धान सुरु गरेको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार