Logout

धादिङमा बोलेरो ठक्करले ७० वर्षीय वृद्धको मृत्यु, चालक फरार

1.6k Shares

पृथ्वी राजमार्ग अन्तर्गत गल्छी गाउँपालिका वडा नं. ४, माझटारमा काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा.प्र. ०१-०२७ च. ०३४० नम्बरको बोलेरोले स्थानीय ७० वर्षीय यज्ञराज अधिकारीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ।

धादिङ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक प्रकाश दहालका अनुसार, दुर्घटना पछि बोलेरो गाडी चालक भागेको थियो र गाडी बेल्खु पुलमा दुर्घटनामा परेको भेटिएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीयले केही समय पृथ्वी राजमार्ग अवरुद्ध पारेको भए पनि प्रहरीले तत्काल व्यवस्थापन गर्दै राजमार्ग खुलाएको छ।

प्रहरीले फरार चालकको खोजी जारी राखेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार