Logout

मुख्यमन्त्रीको आह्वान स्वास्थ्यकर्मीलाई एकजुट हुन आग्रह

5.8k Shares

मुख्यमन्त्री कार्यालयबाट सोमबार जारी अपील पत्रमा उनले बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्रदेश सरकारले प्रमुख प्राथमिकतामा राखेको उल्लेख गर्दै, कार्तिक २० र २१ गते हुने राष्ट्रव्यापी रुपमा संचालन हुन गइ रहेको राष्ट्रिय भिटामिन ए कार्यक्रम मा मधेस प्रदेश का सम्पुर्ण स्वास्थ्य स्वयंमसेवक तथा स्वास्थ्यकर्मी उपस्थित हुन जनसहभागितामार्फत कार्यक्रमलाई सफल बनाउन सबैलाई एकजुट हुन आग्रह गरेका छन्।

मुख्यमन्त्रीका अनुसार कार्यक्रम मातृ–शिशु स्वास्थ्य सुदृढीकरणको प्रमुख अभियान हो।यस अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई भिटामिन ‘A’ वितरण, कृमिनाशक औषधि सेवन, र पौष्टिक आहारका विषयमा अभिभावकलाई सचेतना दिने कार्यक्रम सञ्चालन गरिनेछ।

प्रदेशका सबै स्थानीय तह, अन्तर्राष्ट्रिय तथा स्थानीय साझेदार संस्था, स्वास्थ्य स्वयंसेविका र सरोकारवाला निकायहरूले आफ्नो जिम्मेवारी र भूमिकालाई पूर्ण निष्ठाका साथ निर्वाह गर्न आवश्यक छ।

मधेश प्रदेशका सबै स्थानीय तहका प्रमुख, जनप्रतिनिधि र स्वास्थ्य संस्था प्रमुखहरूलाई कार्यक्रमको तयारी, औषधि वितरण र अभिलेखीकरणमा ध्यान दिन आग्रह गरिएको छ।
प्रदेश सरकारका अनुसार, प्रत्येक वडा स्तरमा टोली गठन भइसकेका छन् र तयारी अन्तिम चरणमा पुगेको छ।

मुख्यमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ कि राष्ट्रिय मिटिङ “R” कार्यक्रमका क्रममा ६ महिना देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई भिटामिन ‘A’ खुवाउने, कृमिनाशक औषधि वितरण गर्ने तथा मातृ–शिशु स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने कार्यहरू हुनेछन्।

मुख्यमन्त्री ले मधेश प्रदेशका सबै स्थानीय तह, अन्तर्राष्ट्रिय तथा स्थानीय विकास साझेदारहरू, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था र जनप्रतिनिधिहरूलाई उक्त अभियानमा एकजुट भई सहभागी हुन आग्रह गरेका छन्।बालबालिकाको जीवन र स्वास्थ्य हाम्रो भविष्य हो।

मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सञ्चालन हुने सो कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार