Logout

जनकपुरमा विधापति स्मृति दिवस भव्य रूपमा मनाइने

2.8k Shares

जनकपुरधाम, धनुषा — मिथिलाका महाकवि कोकिल बाबा विद्यापतिको स्मृति दिवस यस वर्ष पनि भव्य रूपमा मनाइने भएको छ। कार्तिक शुक्ल त्रयोदशी २०८२, अर्थात् कार्तिक १७ गते सोमबार, मुरलीसरस्थित विद्यापति चौक जनकपुरधाम–४ मा विशेष कार्यक्रम आयोजना गरिनेछ।

 

यस पावन अवसरमा मधेश प्रदेशका प्रमुख अतिथि लोसपा अध्यक्ष मा. श्री महन्थ ठाकुर र मधेश प्रदेशका मुख्यमन्त्री माननीय श्री जितेन्द्र सोनल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। कार्यक्रमका क्रममा स्मारक स्थलमा माल्यार्पण, दीप प्रज्वलन र माता दुर्गाको मन्दिर परिसरमा कवि गोष्ठीसमेत आयोजना गरिने बताइएको छ।

 

आयोजक समितिले सम्पूर्ण मिथिलावासीहरूलाई बिहान  ९:३० बजे सुरु हुने उक्त समारोहमा सहभागी भई समारोहलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।

 

स्थान: मुरलीसर, विद्यापति चौक, जनकपुरधाम–४, धनुषा

मिति: २०८२ कार्तिक १७ गते, सोमबार

समय:  बिहान ९:३० सोमबार कार्यक्रम को संयोजक त्रिदेव मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार