Logout

बाढी–पहिरो पीडितलाई सपोर्ट लघुवित्तद्वारा राहत वितरण

7.2k Shares

सुनसरी। असोज १८ र १९ गते परेको अविरल वर्षा, बाढी र पहिरोका कारण प्रभावित परिवारहरूलाई सहयोगस्वरूप सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय अमाहीबेल्हा, सुनसरी ले राहत वितरण गरेको छ ।

केन्द्रीय कार्यालयको सहकार्यमा गरिएको यस राहत कार्यक्रममा सुनसरी जिल्लाको बर्जु गाउँपालिकास्थित ५९ जना प्रभावित सदस्यहरूलाई जम्मा रु. १,१८,००० ( एक लाख अठार हजार रुपैयाँ मात्र) वितरण गरिएको हो ।FB_IMG_1760668435820.jpg

कार्यक्रममा शाखा कार्यालयका कर्मचारीहरूले पीडित सदस्यहरूप्रति सहानुभूति व्यक्त गर्दै यस सानो सहयोगले प्रभावित परिवारहरूलाई पुनः आशा र साहस प्रदान गर्ने विश्वास व्यक्त गरे ।FB_IMG_1760668430958.jpg

सपोर्ट लघुवित्त संस्था  अमाही बेल्हका शाखाका शाखा प्रबन्धक विनोद मेहताका अनुसार, संस्थाले भविष्यमा पनि विपद्‌का बेला प्रभावित सदस्यहरूको सहयोगमा निरन्तर साथ र समर्थन प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

यसैगरी, संस्थाले आफ्ना सदस्यहरूबीच आपसी एकता, सहयोग र सामाजिक उत्तरदायित्वको भावना बढाउने उद्देश्यका साथ यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढाउने योजना बनाएको जानकारी दिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार