ट्रेन्डिङ

Logout

शिवराजमा बस दुर्घटना, १० जना घाइते

6.1k Shares

कपिलवस्तुको शिवराज नगरपालिका–१ उमरिचोकमा बुधबार बिहान पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको ग १ ख ९७०० नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो।

घाइतेमध्ये मुगु खट्याङ गाउँपालिका–७ की ५० वर्षीया राधिका शर्मा गम्भीर अवस्थामा रहेकी छिन्। उहाँलाई थप उपचारका लागि बुटवल पठाइएको छ।

दुर्घटनामा राधिकाका छोरा २१ वर्षीय विकास शर्मा, अछाम कमलबजार नगरपालिका–५ का २७ वर्षीय शिवराज अधिकारी, बाँके बैजनाथ गाउँपालिका–१ का २६ वर्षीय विवेक खत्री, लमजुङका ६४ वर्षीय पुण्यनिधि घिमिरे, दुर्गादेवी अधिकारी, दैलेख दुल्लु नगरपालिका–६ का तिलक खड्का, कालिकोट राजकोट नगरपालिकाकी सरिता आचार्य, कास्की लेखनाथका विजय रानाभाट र जाजरकोट भेरी नगरपालिका–३ का मदन थापा पनि घाइते भएका छन्।

सामान्य घाइते ९ जनाको चन्द्रौटास्थित संजिवनी सामुदायिक अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ। बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजनविक्रम शाहका अनुसार बाटोमा अचानक ट्रक आएपछि ब्रेक लगाउने क्रममा बस पोलमा ठोक्किँदै पल्टिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार