3.6k
Shares
गतसाताको प्रहरी दमन र त्यसपछिको आगजनीबाट अस्तव्यस्त बनेका राज्यसंयन्त्रहरूले फेरि सक्रियता देखाउन थालेका छन्।
ओली सरकार ढलेपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गरी सिंहदरबारस्थित कार्यकारी निकायलाई सक्रिय बनाएकी छन्।
आगजनीबाट ध्वस्त सर्वोच्च अदालतले भग्नावशेष हटाएर टेन्टमार्फत सेवा सुरु गरेको छ। अदालतमा आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता प्रारम्भ भएको छ भने सोमबारदेखि केही इजलास सञ्चालन गर्ने तयारी भइरहेको छ।
सिंहदरबार र विभिन्न मन्त्रालयमा समेत कर्मचारीहरूले भग्नावशेष हटाउँदै कार्यालय सञ्चालनको प्रयास थालेका छन्।