ट्रेन्डिङ

Logout

पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय बाल दिवसमा शुभकामना

4.3k Shares

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा बालबालिकामाथि हुने हिंसा, शोषण, विभेद र दुरुपयोग अन्त्य गर्दै उनीहरूको क्षमता र सिर्जनशीलतालाई प्रोत्साहन गर्नु सबैको साझा कर्तव्य भएको बताउनुभएको छ।

उहाँले बालबालिकाहरू भविष्यका कर्णाधार मात्र नभई सभ्य, समुन्नत समाज र समृद्ध नेपालको आधारशिला पनि भएको भन्दै उचित शिक्षा, सकारात्मक वातावरण, स्वास्थ्य, पोषण, सुरक्षा र प्रतिभा विकासमा लगानी गर्नु अत्यावश्यक भएको बताउनुभयो।

चिनियाँ दार्शनिक कन्फ्युसिएसको भनाइ उद्धृत गर्दै पूर्वराष्ट्रपतिले भने, “यदि योजना एक वर्षको हो भने धान रोप्नुहोस्, १० वर्षको हो भने रूख रोप्नुहोस्, र सय वर्षको हो भने बालबालिकालाई शिक्षित बनाउनुहोस्।”

उहाँले संविधानले सुनिश्चित गरेका बालअधिकारलाई व्यवहारमा उतार्दै ‘बालबालिकामा लगानी’ मार्फत समृद्ध नेपालको सुनिश्चित भविष्य निर्माण गर्ने अभियानलाई सबल र प्रभावकारी बनाउन शुभकामना व्यक्त गर्नुभएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार