ट्रेन्डिङ

Logout

पाँचखाल तालिम केन्द्रबाट थप नेपाली सेना काठमाडौं पठाइयो

4.4k Shares

काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रबाट बिहीबार दिउँसो करिब आधा दर्जन गाडीमा नेपाली सेनाको फौज काठमाडौं पठाइएको छ ।

गत सोमबार र मंगलबार राजधानीमा भएका ध्वंसात्मक प्रदर्शनका कारण सुरक्षा नेतृत्व नेपाली सेनाले हातमा लिएको थियो । हाल पनि काठमाडौंसहित देशभर निषेधाज्ञा जारी छ । यसैबीच सुरक्षा सुदृढीकरणका लागि पाँचखाल तालिम केन्द्रबाट थप सैनिक टोली काठमाडौं पठाइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार