ट्रेन्डिङ

Logout

मकवानपुरको गरगरेमा भीषण आगलागी, करिब दुई करोड रूपियाँको क्षति

4.4k Shares

मकवानपुरको बकैया गाउँपालिका–५ गरगरेमा शुक्रबार बिहान भएको आगलागीबाट करिब दुई करोड रूपियाँ बराबरको क्षति भएको छ।

अस्थायी प्रहरी पोष्ट गरगरेका अनुसार बिहान ७:४५ बजे स्थानीय लिलाराम जिम्बाको किराना पसलमा पेट्रोलको ड्रम पल्टिएर दियोमा आगो सल्किँदा आगलागी भएको हो।

आगो निभाउने क्रममा पसल सञ्चालक ४५ वर्षीय जिम्बा घाइते भएका छन्। उनका दुबै हात र खुट्टा पोलेको छ र शरीरको ४० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ। उनलाई प्रारम्भिक उपचारपछि कीर्तिपुरस्थित वर्न अस्पतालमा रिफर गरिएको छ।

आगलागीबाट दुईतले पक्की घर पूर्णरुपमा जलेर नगद १५ लाख, ३० थान ग्यास सिलिन्डर, पेट्रोल, डिजेल, खाद्यान्न, लत्ताकपडा, फर्निचर लगायतका सामग्री नष्ट भएका छन्। साथै, घरभित्र रहेको एनएस २०० मोटरसाइकल र सामान किनमेल गर्न आएका नारायणबहादुर स्याङ्तानको पल्सर मोटरसाइकल समेत जलेर नष्ट भएको छ।

स्थानीयवासी, प्रहरी र बागमती गाउँपालिका तथा हेटौंडा उपमहानगरपालिकाको बारूणयन्त्रको सहयोगमा आगो बिहान ९:४५ बजेतिर नियन्त्रणमा ल्याइएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार