5k
Shares
वर्ल्डलिङ्कले शुक्रबार बिहान सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरिएको जनाएको छ।
यो निर्णय सम्मानित सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को बैठकको निर्णय तथा ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ अनुसार कार्यान्वयन गरिएको वर्ल्डलिङ्कले स्पष्ट पारेको हो।
तर, टिकटक, भाइबर लगायत दर्ता भइसकेका सामाजिक सञ्जाल प्लेटफर्म भने सामान्य रूपमा प्रयोग गर्न सकिने एनसेलले जनाएको छ।