3.6k
Shares
हेटौँडा उपमहानगरपालिका–१९, पुल्चोक टोलकी नौ वर्षीय बालिका बुधबार बिहान मृत अवस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पुल्चोक निवासी कुमार थिङकी छोरी प्रभा थिङ भदौ १७ गते मङ्गलबार साँझ करिब ४ बजे घरबाट निस्किएर बेपत्ता भएकी थिइन्। परिवारले खोजी गर्दा पनि बालिका भेटिन नपाएपछि प्रहरीले समेत खोजतलास सुरु गरेको थियो।
१८ भदौ बिहान करिब सवा आठ बजे घरदेखि करिब सात सय मिटर दक्षिणतर्फ राप्ती खोलामा बालिकाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनापछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।