Logout

नवलपुरमा कन्टेनर र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

3.2k Shares

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१५, लोकाहामा गएराति कन्टेनर र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

नारायणघाटबाट बुटवलतर्फ गइरहेको ना २ क ११९ नम्बरको कन्टेनर र बुटवलबाट नारायणघाटतर्फ आउँदै गरेको प्र २–०३००१ ख ४०५६ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा कन्टेनर चालक नवलपरासी सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय माधव पंगेनी गम्भीर घाइते भएका थिए। उनलाई पुरानो मेडिकल कलेज, चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो।

त्यस्तै, कन्टेनरका सहचालक चितवनको राप्ती नगरपालिका–७ का ३६ वर्षीय रामबहादुर सार्की र ट्रक चालक महोत्तरी बर्दिवास नगरपालिका–११ का ३० वर्षीय बिच बहादुर थिङ घाइते भई भरतपुरस्थित एलाइभ अस्पतालमा उपचाररत छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार