ट्रेन्डिङ

Logout

कैलाली कारागारमा थुनुवाको मृत्यु, उच्च रक्तचापका कारण भएको आशंका

4.5k Shares

कैलाली कारागारमा थुनुवा रामकिसन चौधरीको मृत्यु भएको छ। जबरजस्तीकरणी मुद्दामा पुर्पक्ष कैदमा रहेका टीकापुर नगरपालिका–४ का ५६ वर्षीय चौधरीको सोमबार दिउँसो निधन भएको कारागार प्रशासनले जनाएको छ।

कारागारका जेलर प्रकाश ढुंगानाका अनुसार चौधरीलाई दिउँसो करिब साढे २ बजे रिंगटा लागेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। अस्पताल पुगेको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

उनका अनुसार चौधरीलाई उच्च रक्तचापको समस्या रहेको र चिकित्सकले सोही कारण मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालेका छन्। तर, ढुंगानाले थप तथ्य शव परीक्षणपछि मात्र पुष्टि हुने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार