3.5k
Shares
मोरङको विराटनगर महानगरपालिका–१४ मा आइतबार साँझ भएको साइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ।
आईसीपी रोडस्थित भित्री सडकमा साइकल अनियन्त्रित भई विराटनगर–१–ह १२३४ नम्बरको सिटी सफारीको पछाडि ठोक्किँदा मोरङ जहदा गाउँपालिका–३ का ४१ वर्षीय रुपेश कुमार राजवंशीको मृत्यु भएको हो।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका राजवंशीलाई तत्काल उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याइएको थियो। तर, अस्पताल पुगेको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
सिटी सफारीका चालक २५ वर्षीय मोहम्मद जाहागिरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।