Logout

भारतसँग पाँच टी–२० खेल्ने नेपाल ‘ए’ टोली घोषणा

3.6k Shares

नेपालको ‘ए’ टोलीले भारतमा पाँच खेलको टी–२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार सिरिज भारतको गुवाहटीमा अगस्ट २६ देखि सेप्टेम्बर ३ तारिखसम्म हुने भएको छ । नेपालले भारतको आसाम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

यस सिरिजका लागि अनिलकुमार शाहको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिएको छ । नेपालको मुख्य टोली भने अष्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजमा सहभागी भइसकेको र समूह चरणमै बाहिरिएको छ ।

भारत भ्रमणका लागि घोषणा गरिएको नेपाल ‘ए’ टोलीमा कप्तान अनिलकुमार शाहसहित शुभ कंसाकार, ईशान पाण्डे, देव खनाल, सन्दीप जोरा, आदिल आलम अन्सारी, पवन सर्राफ, विवेककुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर, तृतराज दास, शेर मल्ल र युवराज खत्री रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार