3.3k
Shares
स्याङ्जाको गल्याङदेखि कालीगण्डकी गाउँपालिकाको कोटाकोटतर्फ जाँदै गरेको लु १ ज ३१७४ नम्बरको बोलेरो जिप कालीगण्डकी गाउँपालिका–७ मिर्मी आरुचौरमा दुर्घटनामा पर्दा १५ जना घाइते भएका छन् ।
जिप सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख दधिराम न्यौपानेले जानकारी दिएका छन् । घाइतेहरूको मिर्मीस्थित कालीगण्डकी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप विवरण आइनसकेको प्रहरीको भनाइ छ ।