4.6k
Shares
प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
इजरायलस्थित नेपाली दूतावासको समन्वयमा इजरायल पुगेका उनीहरूले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न देशका राजदूतहरूसँग पनि भेट गरी विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय स्तरमा पहल गर्न आग्रह गरेका थिए ।
आमा पद्माले आफ्नो छोरो निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले छिट्टै मुक्त गराउन सबै पक्षलाई आग्रह गरिन् । त्यस्तै, राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागि आवश्यक पहल र थप प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।