4.8k
Shares
सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरका वडा अध्यक्ष दुःखीलाल (देबेन्द्र) साहको मंगलबार राति निधन भएको छ।
७० वर्षीय साहको उपचारका क्रममा चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले जानकारी दिनुभयो। उहाँका अनुसार साह लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो।
साह २०७९ साल वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट ४९७ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका थिए।