Logout

रवि लामिछानेमा भिटामिन–डी कमी पाइएको

4.6k Shares

रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्य जाँच गर्दा शरीरमा भिटामिन–डीको कमी पाइएको छ। सोमबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई रगत परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो।

रगतको नमुना लिनका लागि ट्रमा सेन्टरबाट डा. जितेन्द्र यादवसहित स्वास्थ्यकर्मीहरू पुगेका थिए। अस्पताल स्रोतका अनुसार, परीक्षणमा भिटामिन–डीको स्तर कम देखिएको छ।

स्रोतले भने, “उहाँमा अन्य केही समस्या छैन। खानपान नमिल्दा र घाममा नबसेकाले भिटामिन–डी कमी भएको हुनसक्छ।”

आज उक्त रिपोर्टसहित रविलाई स्वास्थ्य परामर्श दिन चिकित्सकहरू नख्खु कारागारमै पुग्ने तयारीमा छन्। चिकित्सकहरूले भिटामिन–डीको कमीले हड्डीमा समस्या, रोगसँग लड्ने क्षमता कम हुनु, हातखुट्टा झम्झमाउने, थकाइ लाग्ने र कपाल झर्ने जस्ता लक्षण निम्त्याउन सक्ने बताएका छन्।

लामिछाने तीन दिनअघि मात्रै भैरहवा कारागारबाट नख्खु कारागार स्थानान्तरण भएका थिए। उनलाई करिब ४ सय कैदीबन्दी राखिएको ब्लकमा राखिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार