ट्रेन्डिङ

Logout

सुनसरीमा बस–माइक्रो ठोक्किँदा तीनको मृत्यु, एक दर्जनभन्दा बढी घाइते

4.1k Shares

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ र ६ बीचको बलुवा चौकमा सोमबार बिहान भएको सडक दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको माइक्रोबस र काकडभिट्टाबाट आइरहेको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
माइक्रोबसमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जनाभन्दा बढी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार घाइतेहरूको उद्धार कार्य जारी छ र थप विवरण आउन बाँकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार