ट्रेन्डिङ

Logout

गुल्मीमा गोठ भत्किँदा पाँच पशुचौपाया मृत

4.3k Shares

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–१, रगनाममा अवस्थित जयबहादुर थापाको गोठ भत्किँदा पाँच वटा पशुचौपाया मृत भएका छन्। ६६ वर्षीय थापाको ढुङ्गा–माटोले बनेको र टिनले छाएको दुईतले कच्ची गोठ अविरल वर्षाका कारण भत्किएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले दिएको जानकारी अनुसार गोठमा रहेका तीन गाई, एक बाच्छा र एक बाख्राको ज्यान गएको छ। घटनास्थलमा पौदी अमराई प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा गएको टोलीले घटनाको मुचुल्का उठाइरहेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार