ट्रेन्डिङ

Logout

मुग्लिन–पोखरा सडकमा बस दुर्घटना, ऐना पहरामै फेरि घटना: उद्धार जारी

4.2k Shares

मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको ऐना पहरामै पुनः एक यात्रुबाहक बस दुर्घटनामा परेको छ।

गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस मर्‍याङ्दी नदी किनारमा पल्टिएको अवस्थामा फेला परेको हो। तनहुँ प्रहरीका अनुसार घटनाबारे विस्तृत विवरण आउन बाँकी छ भने हाल उद्धार कार्य जारी छ।

तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बसबाट हालसम्म दुई जनाको उद्धार गरिएको जानकारी दिएका छन्। बसमा कति यात्रु सवार थिए भन्नेबारे अझै यकिन भइसकेको छैन।

यसअघि, २०८१ साल भदौ ७ गते सोही स्थानमा भारतीय तीर्थयात्री सवार बस दुर्घटना हुँदा २७ जनाको ज्यान गएको थियो। बारम्बार हुने यस प्रकारका दुर्घटनाले ऐना पहराको सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार