ट्रेन्डिङ

Logout

प्रधानमन्त्री ओलीद्वारा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको उद्घाटन, विद्यालयलाई नि:शुल्क बल वितरण

4.6k Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको छ। विश्व फुटबल महासंघ (फिफा)को सहयोगमा बिहीबार दशरथ रंगशालामा आयोजित विशेष समारोहबीच कार्यक्रम प्रारम्भ भएको हो।

कार्यक्रमका अवसरमा प्रधानमन्त्री ओलीले करिब एक हजार विद्यालयलाई नि:शुल्क फुटबल वितरण गर्नुभयो। उहाँले सरकार खेलकुद क्षेत्रको विकासमा गम्भीर रहेको उल्लेख गर्दै भक्तपुरको सूर्यविनायकमा नयाँ तथा विशाल फुटबल रंगशाला निर्माण गरिने घोषणा समेत गर्नुभयो।

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम विद्यालय तहमै फुटबल प्रवर्धन गर्न प्रभावकारी हुने बताउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसलाई ऐतिहासिक अवसर भनेको छ।

फिफा कार्यक्रमअन्तर्गत ७५ वटै जिल्लाका एक हजार ७२ विद्यालयलाई कुल ३२ हजार ६४० वटा फुटबल वितरण गरिनेछ। यसले विद्यार्थीमा जीवन उपयोगी सीप विकास गर्ने र पाठ्यक्रमसँगै खेललाई पनि समान रूपमा समेट्ने लक्ष्य लिएको छ।

कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राखेप उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टंकलाल घिसिङ र एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलगायतको उपस्थिति रहेको थियो।2a1bda29-9d6f-46c4-9558-c4fd908605d5.jpg8968eef1-d20c-49ce-a956-d9968e90ce13.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार