ट्रेन्डिङ

Logout

महिला टी-२० विश्वकप ग्लोबल छनोट सन् २०२६ मा नेपालमा, १० राष्ट्रको सहभागिता

6.3k Shares

नेपालले सन् २०२६ मा हुने महिला टी-२० क्रिकेट विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) द्वारा जारी जानकारी अनुसार, उक्त प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा सञ्चालन हुनेछ।

यो प्रतियोगिता नेपालले आयोजना गर्न लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुनेछ। १० राष्ट्र सहभागी रहने यस छनोट प्रतियोगिताबाट शीर्ष चार टोलीले इंग्ल्याण्ड र वेल्समा हुने महिला टी-२० विश्वकप २०२६ का लागि स्थान सुरक्षित गर्नेछन्।

बंगलादेश र आयरल्याण्डले २०२४ को विश्वकपमा सहभागिता जनाएका कारण यस छनोटमा उनीहरू स्वतः छनोट भएका हुन्। एशिया क्षेत्रबाट नेपाल र थाइल्याण्डले स्थान सुरक्षित गरेका छन् भने अमेरिका क्षेत्रबाट अमेरिका ग्लोबल छनोटमा पुगिसकेको छ।

अफ्रिका र युरोप क्षेत्रबाट दुई-दुई टोली तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछ, जुन आ–आफ्नो क्षेत्रीय छनोटपछि टुंगो लाग्नेछ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। त्यसपछि सुपर सिक्स चरण र अन्तिम फाइनल खेल हुनेछ। प्रतियोगिताको विस्तृत तालिका आईसीसीले आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार