4.1k
Shares
पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार दुई तीर्थालु बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका सुजन ढकाल र बेलवारीका मनोज न्यौपाने रहेका छन्।
गहिरो पानीमा पसेर स्नान गर्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएको अनुमान गरिएको छ। खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका अधिकृत र जवानहरूलाई घटनास्थलमा पठाइएको छ। घटनापछि सुरक्षाकर्मीहरूले खोजी कार्य तीव्र रूपमा अगाडि बढाइरहेका छन्।