5k
Shares
बाजुराको क्युडी नजिक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बिहीबार बिहान ९ बजे क्युडीबाट धुलाचौरतर्फ जाँदै गरेको बा.प्र. ०३००१ ज.०३३८ नम्बरको जिप करिब २५० मिटर तल खस्दा हिमाली गाउँपालिका–५ सुन्यबाडाका ७३ वर्षीय बाजा रोकाया र ७५ वर्षीय विजुरा रोकायाको घटनास्थलमै ज्यान गएको हो। जिपमा जम्मा २६ जना यात्रु सवार थिए, जसमध्ये १२ जना घाइते र १२ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल लगिएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।