5.2k
Shares
मध्यपुर थिमि नगरपालिका–९, सिन्टीटारस्थित एक डेरामा दुःखद घटना भएको छ। सुर्खेत जिल्ला पञ्चपुरी नगरपालिका–८ घर भई हाल स्थानीय निरज चक्रधरको दुई तले घरको भुइँतल्लामा डेरा गरी बस्दै आएकी १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल आज बिहान एउटै डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक (प्रनाउ) नवराज ढुङ्गानाका अनुसार ती दिदीबहिनी दुई साताअघि मात्र डेरामा बसेका थिए। प्रारम्भिक अनुसन्धानबाट उनीहरू घरबाट भागेर आएको खुलेको छ।
हाल मृतक दिदीबहिनीका आफन्तजन सम्पर्कमा आइसकेका छैनन्, र उनीहरू आइपुगेपछि मात्र घटनास्थलको कानुनी प्रक्रिया (मुचुल्का) अगाडि बढाइने प्रनाउ ढुङ्गानाले जानकारी दिए। घटनाको कारण र पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।