ट्रेन्डिङ

Logout

अमेरिकाको लुइजियानामा सवारी दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

6.3k Shares

लुइजियाना राज्यको टेक्स विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा परी मृत्यु भएको छ। स्थानीय समयअनुसार असार २९ गते राति करिब ९ बजे भएको सो दुर्घटनाबारे लुइजियाना राज्य प्रहरीले पुष्टि गरेको छ।

स्थानीय अनलाइन मिडिया Myarklamiss.com र अन्य समाचार स्रोतहरूका अनुसार, दुर्घटनाको समयमा सवारीसाधन यादवले चलाइरहेका थिए। गाडीमा ओलीसहित थप दुई व्यक्ति सवार थिए। भारी वर्षाका कारण सडक चिप्लिएर गाडी रुखमा ठोक्किँदा त्यसमा आगो लागेको बताइएको छ।

प्रहरीले यादव र ओलीको घटनास्थलमै मृत्यु भएको जनाएको छ भने अन्य दुई जना घाइते भएका छन्। उनीहरूलाई तत्कालै नजिकको अस्पतालमा भर्ना गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

यद्यपि, हालसम्म मृतकहरूको नेपाली ठेगाना र विस्तृत परिचय खुलाइएको छैन।

दुर्घटनापछि लुइजियाना टेक विश्वविद्यालयले शोक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ। विश्वविद्यालयका अध्यक्ष जिम हेन्डरसनले फेसबुकमार्फत जानकारी दिँदै लेखेका छन्, “हामीले हेरचाहलाई मूल्यवान आदर्शको रूपमा अँगालेका छौं। सधैं एकअर्काको हेरचाह गरिरहनुहोस्।”

विश्वविद्यालयले घटनाबाट आहत भएका विद्यार्थी तथा समुदायलाई परामर्श सेवा (Counseling Service) उपलब्ध गराएको पनि जनाएको छ।

शोकमा डुबेको लुइजियाना टेक विश्वविद्यालयमा नेपाली समुदायले समेत दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार