Logout

रसुवागढीमा बाढीले फसाएका ५५ जनाको उद्धार, १८ बेपत्ता

4.1k Shares

चीनबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका ५५ जनाको उद्धार गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले मंगलबार दिउँसो ३:३० बजेसम्म उद्धार कार्य सम्पन्न गरेको हो।

उद्धार गरिएकामा ४ महिला, ५० पुरुष र १ चिनियाँ नागरिक छन्। उनीहरूलाई झोलुङ्गे पुलमार्फत सुरक्षित स्थानमा ल्याइएको प्रहरीले जनाएको छ।

बाढीका कारण १८ जना बेपत्ता छन् भने १०० भन्दा बढी सवारी साधन बगाएको प्रहरीको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार