5.2k
Shares
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज, शुक्रबार साँझ ६ बजे प्रकाशित हुने भएको छ।
परीक्षा नियन्त्रक गणेश भट्टका अनुसार केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ।
२०८१ को एसईई परीक्षा गत चैत ७ देखि सञ्चालन भएको थियो। यसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए।