Logout

देवानगञ्ज गाउँपालिकाद्वारा १० जना अपाङ्गता भएका व्यक्तिलाई सहायतासामग्री वितरण

10.8k Shares

देवानगञ्ज । देवानगञ्ज गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै सहायतासामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा अपाङ्गता तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत गरिएको उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष वेचनप्रसाद मेहताको अध्यक्षता र उपाध्यक्ष कुमारी विभा यादवको विशेष उपस्थितिमा सम्पन्न भएको हो।त्यस्तै देवानगञ्ज गाउँपालिका वडा -४ का वडा अध्यक्ष सुशील मेहता र वडा न-७ का वडा अध्यक्ष सुर्यनरनयण यादवकाे समेत उपस्तिथि रहेकाे थियाे ।IMG20250625130057.jpg

कार्यक्रममार्फत देवानगञ्ज गाउँपालिकाका विभिन्न वडाका १० जना अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर, बैसाखी र साइकिल वितरण गरिएको हो। प्राप्त सामग्रीहरूबाट दैनिक जीवनमा सहजता आउने र स्वतन्त्र रूपमा हिँडडुल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।IMG20250625130419.jpg

सहायता वितरण सूचीअनुसार, देवानगञ्ज–१ का सुरेश कुमार मेहता र प्रवेज आलम अन्सारी, देवानगञ्ज–२ का  रबिलाल मेहता, देवानगञ्ज–३ का सन्तलाल पासवान, देवानगञ्ज–४ की बुचिया कुमारी मेहता, देवानगञ्ज–५ का राहुल कुमार साह, देवानगञ्ज– २की बिरखी देवी र आरिफ अन्सारी देवानगञ्ज–२ का बिक्रम कुमार सरदार प्रितम मेहतालाई उपकरण प्रदान गरिएको हो।IMG20250625125910.jpg

कार्यक्रममा सहभागिता जनाउने सबैले पालिकाको यस सहानुभूतिपूर्ण पहलप्रति धन्यवाद व्यक्त गर्दै, आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका थिए।IMG20250625125559.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार