ट्रेन्डिङ

Logout

इराकले अन्तर्राष्ट्रिय हवाई मार्ग पुनः सञ्चालनको घोषणा

6k Shares

इराकको नागर विमान प्राधिकरण (आईसीएए) ले सुरक्षा अवस्था सन्तोषजनक भएको निष्कर्ष निकाल्दै अन्तर्राष्ट्रिय हवाई उडानका लागि हवाई मार्ग पुनः खोल्ने निर्णय गरेको छ। मङ्गलबार बिहान जारी विज्ञप्तिमा यो निर्णय सुरक्षा मूल्याङ्कन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँगको समन्वयपछि भएको जनाइएको छ।

प्राधिकरणका अध्यक्ष बाङ्गिन रेकार्नीले इराकको सुरक्षा स्थिति हवाई उडानका लागि पर्याप्त विश्वसनीय रहेको बताए। उनले भने, “हवाई मार्ग पुनः सञ्चालनले इराकको भौगोलिक महत्व थप मजबुत हुनेछ, जसले पूर्व र पश्चिमलाई जोड्ने सुरक्षित र छोटो मार्गको रूपमा इराकको भूमिका बढाउनेछ। यसले वैश्विक उडानको समय र इन्धन खर्च पनि घटाउनेछ।”

यसअघि जुन १३ मा इजरायल–इरान द्वन्द्वका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै इराकले हवाई मार्ग अस्थायी रूपमा बन्द गरेको थियो। हाल सकारात्मक सुरक्षा मूल्याङ्कनका आधारमा प्राधिकरणले हवाई मार्ग पुनः सञ्चालन गर्ने निर्णय लिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार