ट्रेन्डिङ

Logout

खाडी मुलुकका उडान रद्द हुँदा त्रिभुवन विमानस्थलमा यात्रु अलपत्र

4.4k Shares

इरानको कतारमाथिको आक्रमणका कारण खाडी मुलुकका उडान रद्द हुँदा सोमबार रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरू अलपत्र परेका छन्।

नेपाल एयरलाइन्सको सोमबार राति ११ बजे दोहा उड्ने तालिका रहेको विमान रद्द भएपछि यात्रुहरू विमानस्थलमै रोकिए। उक्त विमान मंगलबार मध्याह्न १२ बजेका लागि पुन: तालिकाबद्ध गरिएको छ। राति विमानमा बोर्डिङको तयारी भइरहेका बेला आक्रमणको खबर आएपछि उडान रद्द गरिएको थियो।

विशेषगरी वैदेशिक रोजगारीका लागि यात्रा गरिरहेका अधिकांश यात्रुहरू अलमलमा परे। उनीहरू राति विमानस्थलमै बास बसेका थिए। राति १ बजे प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको थियो।

हाल दोहामा हवाई मार्ग खुला भएको र स्थिति सामान्य बन्दै गएकाले खाडी मुलुकका उडानहरूले निरन्तरता पाउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार