ट्रेन्डिङ

Logout

एमालेले विनियोजन विधेयकको पक्षमा मतदान गर्न सांसदलाई ह्वीप

5.4k Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ।

मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार मङ्गलबार, २०८२ असार १० गते बस्ने प्रतिनिधिसभा बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत हुने भएकाले सांसदहरूलाई अनिवार्य उपस्थित भई पक्षमा मतदान गर्न निर्देशन दिइएको छ।

बर्तौलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकको पक्षमा मतदान गर्न नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यलाई अनिवार्य उपस्थिति र मतदानको लागि ह्वीप जारी गरिएको छ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार