Logout

विमान दुर्घटनाको दोस्रो दिन अहमदाबादमा के भइरहेको छ ?

767 Shares

एयर इण्डियाको बोइङ ७८७–८ विमान दुर्घटनाको दोस्रो दिनमा पनि भारतीय सुरक्षा अधिकारीहरूले तालिमप्राप्त ट्र्याकर कुकुरहरूको सहयोगमा खोजी कार्यलाई तीव्रता दिएका छन्।

यो दुर्घटनामा विमानमा रहेका र जमिनमा रहेका गरी कम्तीमा २६५ जनाको ज्यान गएको छ। तीमध्ये धेरैको शव निकालिसकिएको छ, तर केही अवशेषहरू अझै फेला परिरहेका छन्। विमानमा चालक दलसहित २४२ यात्रु थिए, जसमध्ये केवल एक जना मात्र जीवित रहेका छन्। बीबीसीका अनुसार, घटनास्थलमा विमानसँग सम्बन्धित प्राविधिक सामग्रीहरूको खोजी पनि भइरहेको छ, र शवका टुक्राहरू भेटिने क्रम जारी छ।

विमान दुर्घटनाको कारण पत्ता लगाउन तालिमप्राप्त अनुसन्धान अधिकारीहरू खटिएका छन्। बेलायतले पनि अनुसन्धानका लागि विज्ञहरूको टोली पठाउने निर्णय बिहीबार घोषणा गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट

सम्बन्धित समाचार