ट्रेन्डिङ

Logout

सुदूरपश्चिममा भारतबाट आएका थप चार जनामा कोरोना संक्रमण पुष्टि

5.6k Shares

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सङ्क्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष रहेका छन् । जसमा त्रिनगर नाकामा तीन जना र एक जनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरु कञ्चनपुर, अछाम र बझाङ र बझाङका रहेका छन्  ।

यसअघि शुक्रबार ५ जना, बिहीबार एक जना र बुधबार तीन जनामा कोरोना सङ्क्रमण देखिएको थियो । योसँगै सुदूरपश्चिममा पछिल्लो चार दिनमा १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार