Logout

राइड सेयरिङ विरोधमा यातायात व्यवसायीको चक्काजाम र गृहमन्त्रीसँग छलफल

4.2k Shares

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सञ्चालनको अनुमति दिने नियमावली ल्याएको विरोधमा यातायात व्यवसायीहरूले देशव्यापी चक्काजाम घोषणा गरेका छन्। यसै क्रममा व्यवसायीका प्रतिनिधि र गृहमन्त्री रमेश लेखकबीच गृहमन्त्रालयमा छलफल भइरहेको छ। छलफल केहीबेर अघिदेखि सुरु भएको हो।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको नेतृत्वमा व्यवसायीहरूले आज एक दिन देशभर सार्वजनिक यातायातका साधन सञ्चालन नगरेका कारण यात्रुहरू समस्यामा परेका छन्।

काठमाडौं उपत्यकामा लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन ठप्प छन्। सडकहरूमा निजी मोटरसाइकल, कार र फाट्टफुट्ट ट्याक्सी मात्र चलेका छन्। सार्वजनिक बस, माइक्रो बस र टेम्पो भने पूर्णरूपमा बन्द छन्। सधैं व्यस्त रहने काठमाडौंका सडकहरू आज बिहानैदेखि सुनसान छन्। बस स्टपहरूमा यात्रुहरू गाडी कुरिरहेका छन्, कोही पठाओ प्रयोग गरेर र कोही पैदलै गन्तव्यतर्फ गइरहेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज सार्वजनिक सवारी साधन अघिल्ला दिनहरूको तुलनामा निकै कम चलेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार