ट्रेन्डिङ

Logout

काठमाडौंमा सार्वजनिक यातायात व्यवसायीको विरोध प्रदर्शन

5.5k Shares

काठमाडौंमा सार्वजनिक यातायात व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन्। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सञ्चालन तथा नियमनसम्बन्धी नियमावली जारी गरेपछि व्यवसायीहरुले देशव्यापी आन्दोलनको घोषणा गरेका थिए। सोही क्रममा आइतबार दिउँसो काठमाडौंको माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन भएको हो।

निजी दुई पांग्रे र चार पांग्रे सवारी साधनलाई सार्वजनिक यातायातसरह यात्रु बोक्न अनुमति दिँदा आफूहरुको लगानी जोखिममा परेको भन्दै व्यवसायीहरुले शुक्रबार गण्डकीमा सार्वजनिक यातायात ठप्प पारेका थिए। त्यसपछि आइतबार काठमाडौंमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।

सडक ढाकेर गरिएको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात आवागमन प्रभावित भएको थियो । राजावादीहरुले नक्शाल–भाटभटेनी क्षेत्रमा गरेको प्रदर्शनले पनि झन् अस्तव्यस्त भएको थियो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार