डोटी जिल्लाको केआइसिंह गाउँपालिका–५ केदार गाउँमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सु.प.प्र. ०१ ००१ ज १४६४ नम्बरको जिप बोगटान फुड्सिल गाउँपालिकाबाट दिपायल आउने क्रममा आइतबार बिहान ९:३५ बजे मोडमा अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको हो।
प्रहरी निरीक्षक नवराज रावलका अनुसार दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मिनबहादुर बमको मृत्यु भएको छ। घाइते हुनेमा जिप चालक धनगढी उपमहानगरपालिका–१८ फूलबारीका हरिचन्द्र चौधरीसहित बोगटान फुड्सिल–६ गगुडाका ५० वर्षीया चना देवी चन्द, ४० वर्षीया महेश्वरा देवी चन्द, ४२ वर्षीया बिर्मा देवी चन्द, बोगटान फुड्सिल–२ चाल्साका १९ वर्षीय धनबहादुर बम, केआइसिंह गाउँपालिका–४ वायलका ४७ वर्षीय नरेशप्रसाद जोशी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ सकायलकी २३ वर्षीया राधिका देउवा र उनकी दुई वर्षीया छोरी रियान्सा देउवा रहेका छन्।