6.4k
Shares
जिल्लाको शुद्धोधन गाउँपालिका ५, जयनगरमा ग्यास सिलिन्डरमा खाना पकाउने क्रममा भएको आगलागीमा दाजु-बहिनीको मृत्यु भएको छ। प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टका अनुसार आइतबार साँझ घरमा ग्यासमा खाना पकाउने बेला रेगुलेटर लिक भई आगो लाग्दा १८ वर्षीया सोनम यादव र उनका दाजु २५ वर्षीय शिव कुमार यादव गम्भीर रूपमा जलेर घाइते भएका थिए।
घर नजिकैको गोठमा ग्यास लिक भई आगलागी भएको थियो। गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि आइतबार राति नै भैरहवास्थित युनिभर्सल मेडिकल कलेज पठाइएको थियो। सोनमको मेडिकल कलेजमै मृत्यु भएको थियो भने शिव कुमारको भारतको गोरखपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।
दुवै जनाको शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ।